Comments Add Comment

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम

१२ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ११.४ डिग्री मापन गरिएको छ ।

मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग भनिन्, ‘तापक्रम घट्ने क्रममा छ । अब चिसो क्रमशः बढ्दै जान्छ ।’ अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने उनले बताइन् ।

मौसम दुई तरिकाले चिसो हुन्छ । एउटा अधिकतम तापक्रम घटेर र अर्को न्यूनतम तापक्रम घटेर । डम्म बादल लाग्यो भने बादलले ब्ल्यांकेटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ । अहिले चिसो भएको न्यूनतम तापक्रम घटेर हो ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ ।  आज बिहान पौने ९ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस छ । सबैभन्दा कम तापक्रम जुम्लामा १ र डडेलधुरामा ९.५ डिग्री सेल्सियस मापन भएको छ ।

पानी पर्यो भने पनि जाडो बढ्छ । तर अहिले तत्कालै पानी पर्ने सम्भावना भने नरहेको मौसमविद कँडेल बताउँछिन् । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो पनि पढ्नुहोस वैशाखमा पनि जाडो किन ? यो पनि पढ्नुहोस जाडो भगाउन साउना जाँदै हुनुहुन्छ ? गुम्सिएर ज्यान जाला ! यो पनि पढ्नुहोस वेलकम विन्टरः प्रकृतिसँग लय मिलाउने कि ? यो पनि पढ्नुहोस के तपाईंंलाई धेरै जाडो भएको अनुभव हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment