Comments Add Comment

अमेरिकामा निर्वाचनको पूर्वसन्ध्यासम्म साढे नौ करोडभन्दा धेरैले गरे मतदान

Photo Credit : REUTERS

१८ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा सोमबारसम्म नौ करोड ५० लाखभन्दा धेरैले मतदान गरेका छन् । युनिभर्सिटी अफ फ्लोरिडाको यूएस इलेक्सन प्रोजेक्टको तथ्यांकअनुसार अमेरिकामा निर्वाचनको दिनभन्दा अगाडि अहिलेसम्मकै सबैभन्दा धेरै मत खसेको हो । सोमबारसम्म खसेको मत सन् २०१६ मा भएको निर्वाचनमा खसेको समग्र मतको तुलना सोमबारसम्ममा खसेको मत ६९ प्रतिशत हो ।

विशेष गरी कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण पनि मानिसहरुले इमेल, पोस्टल सेवा वा जोखिम नहुने तरिकाले निश्चित केन्द्रमा गएर निर्वाचनको दिनभन्दा अगाडि नै मतदान गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको राम्रोसँग सामना गर्न नसकेको भन्दै अहिले ट्रम्पको आलोचना भइरहेको छ ।

डेमोक्रेटिक पार्टी अमेरिकामा निर्वाचनअघि नै विभिन्न माध्यमबाट गरिने मतदानको पक्षमा देखिएको छ । राष्ट्रपति ट्रम्प भने यसको विपक्षमा देखिएका छन् । ट्रम्पले यसरी मतदान गर्दा निर्वाचनमा धाँधली हुन सक्ने भन्दै आशंका व्यक्त गर्दै आएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment