Comments Add Comment

बिहारमा आज दोस्रो चरणको मतदान जारी

Photo Credit : GETTY IMAGES

१८ कात्तिक, काठमाडौं । बिहारमा विधानसभा निर्वाचनअन्तर्गत मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । २४३ सिटको विधानसभाको लागि मंगलबार ९४ सिटको लागि मतदान भइरहेको हो । यसअघि गत अक्टोबर २८ मा भएको पहिलो चरणको निर्वाचनमा ७१ सिटको लागि मतदान भएको थियो ।

बिहारमा नितिशकुमार लगातार चौथोपटक मुख्यमन्त्री बन्ने प्रयासमा छन् । लालु यादवको अनुपस्थितिमा उनका छोरा तेजस्वी यादव पनि मुख्यमन्त्रीको दौडमा छन् । बिहारमा नोभेम्बर ७ मा तेस्रो चरणको मतदान हुनेछ । त्यस्तै भारतका अन्य राज्यहरुमा ५४ सिटको लागि मंगलबार उपनिर्वाचन भइरहेको छ ।

मंगलबार मध्यप्रदेशमा २८ सिटमा उपचुनाव भइरहेको छ । यो उपनिर्वाचनमा आठ सिट जितेको खण्डमा मुख्यमन्त्री शिवराज चौहान आठ सिट जित्न सफल भए सरकार कायम रहनेछ । अन्यथा सरकार ढल्ने अवस्था आउनेछ । त्यस्तै उत्तर प्रदेशमा सात, गुजरातमा आठ छत्तीसगढमा एक, हरियाणमा एक, झारखण्डमा दुई, कर्नाटकमा दुई नागल्याण्डमा दुई, ओडिसामा दुई र तेलंगनामा एक सिटमा उपनिर्वाचन भइरहेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment