+
+
Shares
कांग्रेस महाधिवेशन :

गुल्मीबाट ८४ महाधिवेशन प्रतिनिधि चयन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते ७:४८

१७ असोज, गुल्मी । गुल्मी नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि गुल्मीबाट ८४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू निर्वाचनमार्फत चयन भएका हुन् ।

गुल्मी क्षेत्र नम्बर १ बाट ४१ जना र क्षेत्र नम्बर २ बाट ४३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । क्षेत्र नम्बर १ को रुरुमा तथा क्षेत्र नम्बर २ को तम्घासमा भएको निर्वाचनबाट प्रतिनिधिहरूको टुंगो लागेको कांग्रेस गुल्मीका जिल्ला सह-सचिव धर्म पाण्डेले बताए ।

उपलब्ध विवरणअनुसार दुवै क्षेत्रमा खुलातर्फसँगै विभिन्न समावेशी तथा आरक्षित कोटाबाट समेत प्रतिनिधि चयन भएका छन् । कांग्रेसका नेता तथा पूर्वसांसद डा. चन्कान्त भण्डारीसमेत क्षेत्र नम्बर १ बाट निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यसपटक गुल्मी कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनमा विभिन्न उमेर समूह र समुदायको प्रतिनिधित्व देखिएको छ । युवा प्रतिनिधिदेखि महिला तथा विभिन्न समावेशी समूह र कोटाबाट प्रतिनिधिहरू चयन भएका छन् ।

दुईवटै क्षेत्रमा खुलातर्फसँगै खसआर्य, महिला, युवा, आदिवासी जनजाति, श्रमिक, पेशागत विज्ञ तथा अपाङ्गता लगायतका क्लस्टरबाट समेत प्रतिनिधि चयन भएको विवरण सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधि चयनका क्रममा केही प्रतिनिधि सम्बन्धित कोटाबाट निर्विरोध वा अन्य प्रक्रियाबाट चयन भए पनि अधिकांश प्रतिनिधि भने निर्वाचनमार्फत चुनिएको सह-सचिव पाण्डेले बताए ।

यससँगै गुल्मीबाट कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको आधारभूत टुंगो लागेको छ । नेपाली कांग्रेसको १५औँ केन्दीय अन्तर्गत पार्टीको निर्वाचन प्रक्रियाअन्तर्गत वडा, पालिका हुँदै प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?