Comments Add Comment

गौतमसँग ३ बर्षदेखि प्रेममा थिएँः काजल

साउथ चलचित्र तथा बलिउडकी सफल नायिका काजल अग्रवालले अक्टबुर ३० मा आफ्ना प्रेमी गौतम किचलुसँग बिहे गरिन् । मुम्बइको एक महंगो होटलमा आफन्त, साथीभाई र परिवारको उपस्थितीमा भएको बिहेले चर्चा पायो । कोभिडका कारण काजलले भव्य तरिकाले आफ्नो बिहे गरिनन् ।

बिहेपछि भारतको एक म्यागेजिनसँग कुरा गर्दै काजलले आफूहरु ३ बर्षदेखि प्रेममा रहेको खुलाएकी छिन् । काजलले म्यागेजिनसँग भनिन्–‘हाम्रो मित्रता जोडिएको त ७ बर्ष भयो । तर, हामी ३ बर्षदेखि प्रेम सम्बन्धमा थियौं । हामीले एक अर्काको बारेमा धेरै कुरा वुझेपछि मात्र प्रेममा जोडिने फैसला गरेका हौं ।’

काजलले गौतमले प्रेम प्रस्ताव राख्दा कुनै भव्य शैली नअपनाएको पनि बताइन् । ‘लकडाउनको समयमा हामीले एक अर्कासँग कसरी एकसाथ अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका थियौं । गौतम फिल्मी स्टाइलका छैनन् । मैले, यो शैली चलचित्रमा नै धेरै निभाइसकेको छु । गौतमले मसँग कसरी भविष्य बिताउन सकिन्छ भनेर कुरा गरेका थिएँ । तर, म उनीसँग मेरो जीवन वित्छ भनेर मैले सोचेको थिइनँ ।’, काजलले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment