१४ कात्तिक, काठमाडौं । सिरहा प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डबाट दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–६ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ५०० रुपैयाँ दरका ३ थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएका छन् ।
बरामद रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4