Comments Add Comment

एक करोड हुन्डीसहित काठमाडौंबाट ३ जना पक्राउ

१८ कात्तिक, काठमाडौं । एक करोड हुन्डीसहित काठमाडौंमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा पर्वतका गणेश पौडेल रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको ओमबहालबाट पक्राउ गरेको हो ।

डिआईजी सहकुल थापाले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment