Comments Add Comment

कोहलपुरमा रेड पाण्डाको छालासहित ४ जना पक्राउ

१८ कात्तिक, राँझा । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रे (रेड पाण्डा)को छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करिब साढे १० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् .

यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment