Comments Add Comment

समिकरण बनाउने कुरा पार्टी एकताका लागि घातक : ईश्वर पोखरेल

२१ कात्तिक, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का अगुवा नेता, कार्यकर्ताहरुसँग शुक्रबार अन्तरक्रिया गरेका छन् । त्यसक्रममा अगुवा नेता⁄कार्यकर्ताले पार्टीभित्रको समिकरण निर्माण र त्यसले निम्त्याएको संकटबारे चासो व्यक्त गरेका छन् ।

सो अवसरमा उपप्रधानमन्त्री समेत रहेका पोखरेललेपार्टी केन्द्रको विवाद र असहज परिस्थितिले निम्त्याएको अन्यौलताबारे कार्यकर्ताले राखेको चासोलाई सम्बोधन गरेका थिए ।

पार्टी एकताको महत्वलाई सविस्तार व्याख्या गर्दै नेता पोखरेलले अहिलेको समस्यालाई पार्टी, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने सम्बन्धमा यसअघि स्थायी कमिटी बैठकले गरेका निर्णयको धरातलमा उभिएर हेर्न कार्यकर्तालाई आग्रह गरे ।

स्थायी कमिटी बैठकले गरेकानिर्णयलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । ‘पार्टी एकतालाईसुदृढ गर्नका लागि स्थायी कमिटीका निर्णयलाई विनासर्त कार्यान्वयन गर्नुपर्ने थियो । त्यसो नभएर फेरि पार्टीभित्र समीकरण बनाउने जुन प्रयास र खेल भयो त्यो ठिक भएन’,  उनले भने, ‘पार्टी एकताका निम्ति समिकरण बनाउने कुरा घातक हुन्छ ।’

स्थायी कमिटीको त्यस निर्णय विपरित खेल हुन थालेपछि समस्या देखापरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment