+
+
Shares

फाल्गुनन्द जयन्तीले समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २५ गते ७:४४

२५ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्न फाल्गुनन्द जयन्तीबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा जोड दिने उनको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिन सकिने राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?