
२६ कात्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । केसीको स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका ८० वर्षीय केसीलाई केही दिनदेखि निमोनिया देखिएको थियो । उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने देखिएकाले उपचार खर्च पार्टी र शुभचिन्तकबाट संकलन गर्ने निर्णय भएको कार्यकारी अध्यक्ष नेपाली बताउँछन् । उनी भन्छन्, ‘सहयोगदाताहरूले राष्ट्रिय जनमोर्चाको बैंक खातामा सहयोग रकम जम्मा गरिदिन अनुरोध छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4