+
+

रौतहटमा भारतसँगको नाका खुलाउन माग गर्दै प्रदर्शन

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ कात्तिक २७ गते १३:५३

२७ कात्तिक, रौतहट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै रौतहटको गौरमा स्थानीयले प्रदर्शन गरेका छन् ।

रौतहटको मुख्य नाका गौर भन्सार अगाडिबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिलेजस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।

चाडपर्वका बेला किनमेलका गर्न भारतीय बजारसम्म जान नपाएको प्रदर्शनकारीले बताएका छन् । बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गर्नु उचित नहुने उनीहरुको भनाइ छ ।

गौर भन्सार बन्द भए पनि रौतहटकै लक्ष्मीपुर बेलबिछवा र पश्चिममा महादेवपट्टीबाट आवागमन केही हदसम्म सञ्चालन भइरहेको छ । तर भारतीय सुरक्षाकर्मीले मुख्य नाकाबाटै आवतजावत गर्न भन्दै अन्य नाकामा स्थानीयलाई रोक्न थालेको छ ।

एसएसबीले रोक लगाएपछि स्थानीयले गौर भन्सारको मुख्य नाका नै खुलाउन दबाब दिएका हुन् । ‘सीमाक्षेत्रका बजारमा दुवै देशका नागरिकले किनमेल गर्छन्, तर लामो समयसम्म नाका बन्द भए हुँदा चाडबाडका बेला आवश्यक साम्रगीको अभाव भएको छ’ गौरका जगरनाथ साहले भने ‘नेपाल भारत दुवैतर्फका वासिन्दालाई समस्या छ । तर सम्बन्धित निकायले चासो दिएको छैन ।’

चाडबाडका बेला किनमेलका लागि सीमावर्ती बजारहरुमा भीड लाग्ने गथ्र्यो । पहिलेजस्तै सामान्य रुपमा मुख्य नाका सञ्चालन गर्न राजनीतिक दलका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

बिहीबार स्थानीयको प्रर्दशनपछि सशस्त्र प्रहरी बल ११ नं। गणका गणपति एसपी सूर्यबहादुर सेन ओलीले नाका खुलाउने विषयमा जिल्ला प्रशासन कार्यालयले पहल गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?