+
+
Shares

नेकपा विवादमा घिउ नथपौं : परराष्ट्रमन्त्री ज्ञवाली

अनिल खत्री अनिल खत्री
२०७७ मंसिर १३ गते १२:५०

१३ मंसिर, गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको बिवादमा घिउ नथप्न आग्रह गरेका छन् । नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँगाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले सके विवादमा पानी राख्न र नसके घिउ नराख्न आग्रह गरे ।

उनले नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा गुट–उपगुट बनाएर अनावश्यक रुपमा फेसबुक र सामाजिक सन्जालहरु नरङ्ग्याउन सुझाए । पार्टीमा देखिएको बिबाद बैठकको माध्यमबाट समाधान हुने उनले बताए ।

भ्रष्टाचारीहरुलाई पाता फर्काएर जेल हाल्ने बताउँदै उनले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ ।’ सुनकाण्ड, ललिता निवास, भ्याट छली काण्डहरुको उदाहरण दिँदै मन्त्री ज्ञवालीले वर्तमान सरकारले  कारबाही गरेको देखेर देशमा भ्रष्टाचारीहरु अताल्लिएको बताए ।

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य, पूर्व मन्त्री एवम् गुल्मी क्षेत्र नम्बर–२ का सांसद गोकर्ण विष्टले कुनै सीमित नेताहरुको चाहानामा पार्टी विभाजन नहुने बताए । पार्टीमा देखिएको विवाद समाधान भएर पार्टी एक ढिक्का हुने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतले नेता बोम खड्काले देखेका सपना र बिकास निर्माणका बाँकी कामहरु पूरा गर्नुपर्नेमा जोड दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?