
२९ मंसिर, काठमाडौं । आगामी बिहीबारबाट काठमाडौं-दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ ।
एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत दिल्ली काठमाडौं नेपाल एयरलाइन्स र एयर इण्डियाको उडान सुरु हनु लागेको हो । यसका लागि नेपाल एयरलाइन्सले टिकट बिक्री थालेको छ । एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ र दिल्लीबाट यात्रुलाई काठमाडौं फर्किनेछ ।
निगमले पहिलो चरणमा न्यारोबडी जहाजबाट उडान सुरु गर्नेछ । यात्रुको चापसँगै ठूलो जहाज उडाउने तयारी निगमको छ ।
भारतबाट एयर इण्डियाले काठमाडौंमा उडान गर्ने अनुमति पाएको छ । तर उसले उडान मिति तोकिसकेको छैन ।
यो रुटमा १० चैतयता नियमित उडान हुन सकेको छैन । सरकारले भदौबाट अन्तराष्ट्रिय उडान खुला गरेपनि भारतसहित दक्षिण एसियाली मुलुकका लागि भने अनुमति दिइएको थिएन ।
अब उडान सुरु हुँदा स्वास्थ्य सुरक्षासम्बन्धी तोकिएका मापदण्डहरु भने यात्रुले पूरा गर्नुपर्ने भएको छ । भारत जाँदा अधिकतम ७२ घण्टा भित्रको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ ।
भारतबाट नेपाल आउने यात्रुले अनलाइन फारम भरी आवश्यक कागजात पेश गरेपछि नेपाल आउने अनुमति पाउने छन् । नेपाल र भारतबीच आवतजावतमा भिसा भने अनिवार्य छैन ।
प्रतिक्रिया 4