Comments Add Comment

कथालयले ल्यायो ‘हाम्रो प्रजातन्त्र’

काठमाडौं । स्विडिस लाइब्रेरी फाउन्डेसनबाट पुरस्कृत ‘हाम्रो प्रजातन्त्र’ नेपालीमा अनुवाद भएको छ ।  कथालय प्रकाशनले सास्सा बुर्रेग्रेनको बुहुचर्चित पुस्तक ‘हाम्रो प्रजातन्त्र’ प्रकाशित गरेको हो ।

सधैं ठूला मान्छेहरूको अनुमति र आदेशमा हुर्कने बालबालिकाको जीवन ताल्चा लगाइएको ढोकाको जस्तै हुन्छ । ‘हाम्रो प्रजातन्त्र’ किताब बालबालिकाका लागि बन्द कोठाभित्र छिर्ने साँचोजस्तै हो । ‘हाम्रो प्रजातन्त्र’ बालबालिकालाई प्रजातन्त्र बुझाउने हाते पुस्तिका हो। यसमा बालबालिकालाई प्रजातन्त्रको अर्थ र प्रणालीबारे जानकारी दिइएको छ ।

पुस्तकभित्र हामी स्वीडेनको ब्युवा भन्ने एउटा माझी गाउँमा बस्ने योरिन्दा नामकी केटीलाई भेट्छौं । उनलाई चित्त नबुझेका र गर्न मन लागेका चित्त नबुझेका सबै कुरामा आफ्नो सुझाव दिन चाहन्छिन् । उनले आफूले सोचेका कुराहरूको सूची बनाउँछिन् । ती कुराहरू राख्ने र निर्णय लिने ठाउँहरू खोज्छिन् ।

पुस्तक ८ वर्षमाथिका उमेर समूहका बालबालिकाका लागि तयार पारिएको किताब हो । पुस्तक ‘हाम्रो प्रजातन्त्र’ सन् २००२ मा स्विडिस लाइब्रेरी फाउन्डेसनबाट पुरस्कृत पुस्तक हो । यसको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् । ४५ पृष्ठको पुस्तकको मूल्य  ३ सय ७५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment