Comments Add Comment

वीरगञ्ज महानगरद्वारा कब्रस्तान जाने सडकका लागि जग्गा खरिद

७ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मुस्लिम समुदायको दाहसंस्कार गर्ने स्थान कब्रस्तान जाने बाटोका लागि जग्गा खरिद गरिदिएको छ । वीरगञ्ज–३ स्थित कब्रस्तान जाने बाटो नहुँदा समस्या भएपछि महानगरपालिकाले जग्गा खरिद गरेको हो ।

कब्रस्तानसम्म जान सार्वजनिक बाटो नहुँदा मुस्लिम समुदायले निजी जग्गा प्रयोग गरेर आवतजावत गरिरहेका थिए । कब्रस्तानसम्म जाने बाटो बनाउन ५ धुर जग्गा खरिद गरेको वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

बाटोको समस्या समाधानका लागि महानगरपालिका अग्रसर भएपछि मुस्लिम समुदाय खुशी भएका छन् । एक बिघा क्षेत्रफलमा फैलिएको कब्रस्तान जाने सडक बनाउन ५ धुर जग्गा २२ लाख ५० हजार रुपैयाँमा खरिद गरिएको वडा अध्यक्ष बैजु स्वर्णकारले बताए ।

‘कब्रस्तानसम्म जान बाटो नहुँदा समस्या थियो,’ उनले भने, ‘महानगरपालिकाले सँधियारको जग्गा खरिद गरेर समस्या समाधानको लागि कदम चालेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment