Comments Add Comment

‘विक्रम वेधा’को रिमेकमा ऋतिक ?

केही समय अगाडि सुपरहिट तामिल चलचित्र ‘विक्रम वेधा’को रिमेकमा नायक आमिर खानले काम गर्न लागेको खबर सार्वजनिक भएको थियो । तर, समय दिन नसकेपछि आमिरले यो चलचित्र छाडेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, यो एक्सन थ्रिलर चलचित्रमा नायक ऋतिक रोशनको प्रवेश भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा नायक सैफअली खानले काम गर्ने पक्का भैसकेको छ । मिडियाका अनुसार, आमिरसँग कुरा हुनु अगाडि नै ऋतिकसँग यो चलचित्रका लागि कुरा भएको थियो । तर, सो समयमा कुरा फाइनल हुन सकेको थिएन ।

सन् २००७ मा रिलिज भएको तमिल चलचित्र ‘विक्रम वेधा’मा नायक आर माधवन र विजय सेतुपतिले काम गरेका थिए । चलचित्रमा माधवन पुलिस अफिसर्स र सेतुपति ग्याङस्टारको भूमिकामा देखिएका थिए । यो चलचित्रको रिमेकमा भने ऋतिक ग्याङस्टारको भूमिकामा देखिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चलचित्रलाई पुष्कर गायत्रीले नै निर्देशन गर्दैछन्, जसले तमिल चलचित्र ‘विक्रम वेधा’को निर्देशन गरेका थिए ।

चलचित्र ‘विक्रम वेधा’मा काम गर्नु भन्द अगाडि नायक ऋतिक रोशनले वेव सिरिज ‘नाइट म्यानेजर’मा काम गर्दैछन् । यो हलिउड टीभी सिरिज ‘दि नाइट म्यानेजर’को हिन्दी रिमेक हो । यो वेव सिरिजबाट ऋतिकले डिजिटल प्लेटफर्ममा डेब्यू गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment