Comments Add Comment

राष्ट्रियसभा सदस्यहरुको भोलि निःशुल्क कोरोना परीक्षण

फाइल तस्वीर

१५ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुको भोलि कोरोना भाइरस (कोभिड–१९) निःशुल्क परीक्षण गरिने भएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ ।

पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड–१९ परीक्षणको व्यवस्था मिलाइएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, हाम्रो आग्रहमा स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गर्न लागेको हो ।’

नेगेटिभ रिपोर्ट भएका सांसदहरुलाई मात्र प्रवेश दिइनेछ । साथै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन सबै सदस्यहरुलाई अपील गरेका छन् । उनले भने, ‘माननीयज्यूहरु जो जिल्ला क्षेत्रमा जानुभएको छ, उहाँहरु सर्तकता अपनाउने, क्वारेन्टाइन बस्ने गरेर आइदिनुपर्‍यो ।’

साथै प्रतिनिधिसभा नभएकाकाले विधेयकहरु दुवै सदनबाट पास गरेर ऐन बनिहाल्ने अवस्था छैन । त्यसैले सरकारी विजनेस नभए अधिवेसन लामो समय नचल्ने उनले बताए । उनले अघि भने, ‘त्यस्ता विषयहरु जसलाई हाउसमा ल्याउँदा सरकारलाई सहजता हुन्छ, ऐनहरु बन्ने प्रक्रियामा जान्छन् र त्यसको माध्यमबाट जनताका कुराहरु माननीयले राख्न पाउने एउटा अवस्था बन्छ । त्यतातर्फ सरकारले ध्यान दिनेछ भन्ने विश्वास दिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment