Comments Add Comment

साउदी अरेबियाले हटायो विदेशी उडानमा लगाएको प्रतिबन्ध

१९ पुस, काठमाडौं । साउदी अरेबियाले गत डिसेम्बरमा लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएको छ । साउदीले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) मुलुकमा फैलिन नदिन विदेशी उडानमा रोक लगाउने निर्णय गरेको थियो । आइतबार साउदी गृह मन्त्रालयले प्रतिबन्ध हटेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार साउदीले लगाएको हवाई, जमिन तथा समुद्री मार्ग हुँदै मुलुक प्रवेश गर्ने नाका खुला गरिएको हो ।

यद्यपि केही प्रतिबन्ध भने अझै पनि कायम रहनेछ । बेलायत, दक्षिण अफ्रिका र अन्य मुलुकहरुबाट आएका नागरिकहरुले साउदी अरेबिया प्रवेश गर्नुभन्दा १४ पहिला यी मुलुकहरुभन्दा बाहिर रहनुपर्नेछ । कोरोनाको नयाँ प्रकार देखिएका मुलुकबाट आउने साउदी नागरिकले पनि आफ्नो घरमा १४ दिन निगरानीमा बस्नुपर्नेछ ।

साउदी अरेबियामा कोरोनाविरुद्धको खोप कार्यक्रम पनि सुरु भइसकेको छ । हालै मात्र पनि साउदी युवराज मोहम्मद बिन सलमानले खोप लगाइरहेको एक भिडियो सार्वजनिक भएको थियो । पछिल्लो समय साउदीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा पनि गिरावट देखिएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साउदीमा १०१ संक्रमित फेला परेका थिए । पछिल्लो नौ महिनामा दैनिक संक्रमितको यो संख्या साउदीमा सबैभन्दा कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment