+
+
Shares

अमेरिकी र बेलायती कोरोना खोपमा इरानको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १६:५६

२४ पुस, काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अलि खामिनीले अमेरिका र बेलायतबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आयतमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । प्रत्यक्षरुपमा टेलिभिजनमा सम्बोधन गर्दै खामिनीले यी दुई मुलुकबाट आएको खोपमा प्रतिबन्ध लागेको बताएका हुन् ।

खामिनीले भने, ‘यदि अमेरिकीहरु खोप उत्पादन गर्न सफल हुन्थे भने उनीहरु आफ्नै मुलुकमा कोरोना नियन्त्रण गर्न पनि सफल हुन्थे ।’

खामिनीले इरानलाई सन् २०१५ मा भएको परमाणु सम्झौतामा जोडिन कुनै हतार नरहेको तर मुलुकमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्नुपर्ने बताए । सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१५ मा इरानसँग भएको सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको निर्णय गरेका थिए । यससँगै इरान र अमेरिकाबीचको तनाव बढेको थियो । इरानले अमेरिकालाई आफूमाथि लगाइएको प्रतिबन्ध हटाउन निरन्तर माग गर्दै आएको थियो । तर, अमेरिकाले इरानमाथिको प्रतिबन्ध नहटाएसँगै इरानले सन् २०१५ मा भएको सम्झौता बिस्तारै उल्लंघन गर्न थालेको थियो ।

केहीदिनअघि मात्र इरानले २० प्रतिशत शुद्धीकरणसहितका युरेनियम संवर्धन सुरु गरेको बताएको थियो । इरानले अमेरिकाले लगाएको प्रतिबन्ध हटाउने बित्तिकै युरेनियम संवर्धनको काम रोक्ने बताएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?