Comments Add Comment

सुरु भयो साम्राज्ञी र पुष्पको ‘तिम्रो मेरो साथ’को छायांकन

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह डेढ बर्षपछि चलचित्रको छायांकन सेटमा फर्किएकी छिन् । साम्राज्ञीको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन आजबाट सुरु भएको छ । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्यूजिक भिडियोमा अभिनय गरिन् ।

प्रेमकथामा आधारित रहने यो चलचित्रलाई रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा पौडेलकै कथा, गीत र लगानी छ । चलचित्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मीको साथमा नायक पुष्प खड्का, सरोज खनाल, सन्दिप क्षेत्री, इमिली लामा लगायतको मुख्य भूमिका छ ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । आर्यन फिल्मस् तथा बोधी एच डी अमेरिकाको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका निर्मातामा पासाङ लामा र सह–निर्मातामा निरु भण्डारी, सुमन पौडेल, सुधिर पराजुली छन् ।

चलचित्रमा सविर श्रेष्ठको पटकथा तथा संवाद छ । चलचित्रमा योगेश काजीको संगीत छ । चलचित्रको छायांकन सेटमा फर्किन पाउँदा साम्राज्ञी उत्साहित देखिएकी छिन् । यो चलचित्रलाई ३५ दिन लगाएर खिच्ने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment