Comments Add Comment

अमेरिकामा चिनियाँ कम्पनी साओमीलाई प्रतिबन्ध

२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको सरकारी कम्पनी चाइना नेशनल आयल कर्पोरेसन र मोबाइल फोन निर्माता साओमीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । यससँगै अमेरिकामा साओमीका उत्पादनहरुको कारोबारमा प्रतिबन्ध लागेको छ ।

गत नोभेम्बरमा एप्पललाई पछि पार्दै साओमी विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी बनेको थियो । यसअघि गत नोभेम्बरमा ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कालोसूचीमा रहेका कम्पनीमा अमेरिकी नागरिकले लगानी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेका थिए । यससँगै अब अमेरिकी लगानीकर्ताले पनि साओमी किन्न पाउनेछैनन् ।

आगामी साता अमेरिकामा जो बाइडनले राष्ट्रपतिको पदभार ग्रहण गर्दैछन् । त्यसैले ट्रम्प आफ्नो अन्तिम दिनमा निरन्तर चीनविरोधी नीति अघि सारिरहेका छन् । ट्रम्पको कार्यकालमा अमेरिका–चीन सम्बन्ध इतिहासकै कमजोर अवस्थामा पुगेको थियो ।

अमेरिकी वाणिज्यमन्त्री विल्बर रोसले चाइना नेशनल आयल कर्पोरेसनले चिनियाँ सेनाको सहयोग गर्दै आएको आरोप लगाएका छन् । पछिल्लो केही वर्षमा अमेरिकाले धेरै चिनियाँ कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । जसमा चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेई पनि सामेल छ । हालै मात्र अमेरिकाले व्यावसायिक ड्रोन निर्माता कम्पनी डीजेआईलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment