Comments Add Comment

अहिले करिअरमा नै फोकस छुः अस्मिता अधिकारी

‘नेपाल आइडल’बाट चर्चामा आएकी गायिका अस्मिता अधिकारीका पछिल्लो समय सुपरहिट गीत दर्जन बढी छन् । ‘तिम्रो मायाले बाँधेर राख’, ‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’ जस्ता हिट गीतकी गायिका अस्मितासँग अनलाइनखबरले गरेको रमाइलो कुराकानी यहाँ प्रस्तुत गरिएको छः

बिहान कति बजे उठ्नुहुन्छ ?
ढिलो उठेँ भने ६ बजे, नत्र ५ बजे निन्द्रा खुलिसक्छ ।

उठेपछि के गर्नुहुन्छ ?
एक्सरसाइज, मर्निङवाक गर्छु ।

मर्निङवाकमा कति समय बिताउनुहुन्छ ?
मर्निङवाकमा दैनिक निस्कन्छु । त्यति टाढासम्म भने जाँदिन । घर नजिक एक घण्टाजति बिताउँछु ।

ब्रेकफाष्ट कतिबेला खानुहुन्छ ?
मर्निङवाकबाट फर्केपछि तातोपानी र ‘ब्ल्याक टी’ पिउँछु । अनी मात्र ब्रेकफाष्ट लिन्छु । त्यसपछि रियाजमा समय दिन्छु ।

घरमा खाना कसले बनाउनुहुन्छ ?
घरमा त ममीले नै बनाउनुुहुन्छ ।

तपाइलाई खाना बनाउन जाँगर चल्दैन ?
जाँगरै नलाग्ने होइन, पहिले–पहिले आफै बनाउँथे । अहिले बढी संगीतमै फोकस भइरहेकी हुन्छु । घरमा बस्दा कहिलेकाँही भने ममीलाई सघाउँछु ।

स्कूल कलेजका साथीहरुसँग कत्तिको भेट हुन्छ ?
सधै भन्ने त हुँदैन, कहिलेकाही हुन्छ । यसका लागि त समय नै छुट्याउनुपर्ने रहेछ । धेरैसँग सामाजिक संजाल र मोबाइलबाट जोडिएकी छु ।

इन्टरनेटमा कति समय बिताउनुुहुन्छ ?
आफूलाई अलिकति समय मिलेपछि बल्ल फेसबुक, अन्य सोसल मिडियामा अपडेट हुने हो । फुर्सदको समयमा इन्टरनेटमा समय बिताइरहेकी हुन्छु ।

सांगीतिक क्षेत्रबाट कमाउनुभएको पहिलो कमाई याद छ ?
याद छ, ५ सय रुपैयाँ ।

के गरेर कमाउनुभएको थियो ?
सुरुवाती दिनमा कमाइको लागि भन्दा पनि रुचिका कारण गीत गाउथेँ । कतै जाँदा गीत गाउँदा मन परेर मायाले पैसा दिनुहुन्थ्यो । परिवारसँग नै कतै जाँदा मैले गीत गाएकी थिएँ, सो समयमा मायाले एक जनाले दिनुभएको याद आउँछ । यस्ता कुराहरुले हौसला मिल्ने रहेछ । मैले स्टूडियोमा गीत गाउन सुरु गर्दा पनि पाएको त ५ सय नै हो । अहिले भने पारिश्रमिक बढेको छ ।

काठमाडौंमा यात्रा के मा गर्नुहुन्छ ?
स्कुटरमा ।

कहिलेकाँही पेट्रोल सकिएर स्कुटर गुडाउनुपरेको घटना याद छ ?
कहिलेकाही त्यस्तो हुन्छ । तर, केही बर्ष अगाडि यस्तो हुन्थ्यो । अचेल यस्तो परेको छैन ।

दिनमा कति खर्च हुन्छ ?
हेरेर हुन्छ । कहिलेकाही सपिङ गर्न मन लागेको हुन्छ, त्यो बेला धेरै हुन्छ । नत्र त्यस्तो धेरै हुँदैन । पेट्रोल, खाजामा हुने हो ।

बिहे कहिले गर्ने सोच्नुभएको छ ?
अहिले त यस बिषयमा केही पनि सोच छैन । म अहिले त करिअरमा नै फोकस छु ।

घरबाट प्रेसर छैन ?
त्यस्तो प्रेसर छैन ।

प्रस्तुतिः सुशिल नेपाल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment