+
+

एलिजाको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १३:०३

पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपनि मोडल तथा नायिका एलिजा गौतमको चर्चा भएको थिएन । उनी, दर्शकको नजरमा पनि परेकी थिइनन् । संचारकर्मी ऋषि धमलाकी धर्मपत्नीको रुपमा नै उनलाई धेरै दर्शकले चिन्थे ।

तर, लकडाउपछि म्यूजिक भिडियोमा सफलता हात पार्दै गएपछि एलिजाको चर्चा हुन थालेको छ । उनी, चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छिन् । केही दिन अगाडि आयोजित नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी हुन पुगेकी एलिजाले आफूलाई कुनै पार्टीमा सहभागी हुन एक घन्टा लाग्ने बताइन् ।

स्वेताको बिहेको खबर पहिलो पटक सुन्दा आफू निकै नै उत्साहित भएको भन्दै एलिजाले कुनै पनि नारीको जीवन एक पटक बिहे गरेर केही भैहाल्यो भने नसकिने पनि उनले तर्क गरिन् । उनले, स्वेताको जीवनमा सधै हाँसो र खुशी देख्न पाइयोस् भनेर कामना पनि गरिन् ।

एलिजा आफू नयाँ चलचित्रका लागि उत्साहित भएको बताउँछिन् । नयाँ चलचित्रमा आफूले आफ्नो काम देखाउने र दर्शकको माया पाउने अपेक्षा उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?