+
+
Shares

देशभर ९०८४ जनाले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १९:२०

१४ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधबार देशभर ९ हजार ८४ जना व्यक्तिले खोप लगाएका छन् ।

६४ जिल्लाका ९३ खोप केन्द्रबाट ९०८४ जना स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा २ हजार ६९४, गण्डकीमा १ हजार ८४३, लुम्बिनमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।

खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै देशैभर खोप लगाउन सुरू गरिएको हो।

अभियानको पहिलो दिन खोप लगाउन आउने व्यक्तिहरुको सहभागिता उल्लेख्य रहेको भन्दै मन्त्रालयले स्वतस्फूर्त सहभागिताका लागि धन्यवाद समेत दिएको छ । छोटो समयमा खोप तालिम, ढुवानी तथा वितरण, सञ्चार र खोप केन्द्रहरुको व्यवस्थापन गरी यस अभियानलाई सफल पार्न नेतृत्वदायी भूमिका खेलेकोमा सबैप्रति मन्त्रालयले धन्यवाद समेत दिएको छ ।

भारतले अनुदानमा नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?