Comments Add Comment

‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दै स्वस्तिमा

नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने तयारीमा छिन् । तर, यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुनेछिन् ।

यो चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्रले बैदेशिक रोजगारमा पुगेर ज्यान गुमाउने नेपालीको कथा भन्नेछ । यो चलचित्रको हाल धमाधम वर्कशप चलिरहेको छ ।

नायिका स्वस्तिमा खड्काले यो चलचित्रका लाग बाजुराको भाषा सिकिरहेकी छिन् । निर्देशक खनालले भने–‘चलचित्रमा स्वस्तिमा बाजुराको महिलाको भूमिकामा देखिदैछिन् । यसैले, यतिबेला हामीले भाषाको वर्कशप गरिरहेका छौ ।’

निर्देशक खनाल चलचित्रको कथा र भाषा अनुसार कलाकारलाई प्रस्तुत गर्न सिपालु मानिन्छन् । शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्रको छायांकन फागुणको दोश्रो साताबाट सुरु हुनेछ ।

निर्देशक खनालका अनुसार, भाषाको वर्कशप सकिएपछि चलचित्रका लागि अभिनयको वर्कशप सुरु हुनेछ । यसका लागि भने लोकेशनमै गएर वर्कशप गर्ने तयारी उनको छ ।

चलचित्रलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने तयारी निर्माताको छ । यो चलचित्रका लागि नायिका खड्काले १८ लाख पारिश्रमिक लिएको चर्चा समेत चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment