+
+
Shares

मे महिनापछि पनि अफगानिस्तानमा विदेशी सेना रहन्छन् : नेटो

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १८:४०
Photo Credit : REUTERS

१८ माघ, काठमाडौं । अमेरिका र तालिबानबीच भएको सम्झौताअनुसार नेटोका सैनिकहरुले अप्रिलको समय सीमा सकिएपछि पनि अफगानिस्तान नछाड्ने भएका छन् । यससँगै तालिबानसँगको तनाव बढ्न सक्ने आशंका बढेको छ । तालिबानसँगको अमेरिकाको सम्झौतामा सबै विदेशी सेनाले अप्रिलको अन्तिमबाट अफगानिस्तान छाड्ने उल्लेख छ ।

नेटोका एक अधिकारीले अप्रिलको अन्तिममा पूर्णरुपमा नेटोका सैनिकहरु फिर्ता नजाने बताएका हुन् । रोयटर्ससँगको कुराकानीमा उनले अझैसम्म पनि सम्झौताअनुसारको प्रतिबद्धता पालना नभएकाले तत्काल नेटोका सैनिकले मुलुक नछाड्ने बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडन आएसँगै उनको अफगानिस्तानको नीति पनि परिवर्तन हुन सक्ने देखिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालिबानले गत वर्ष भएको सम्झौता पालना गरेको वा नगरेको भन्नेबारे पुनर्विचार गरिने बताइसकेका छन् । यस्तो अवस्थामा नेटोका मुलुकहरुले यस्तो भनाइले अफगानिस्तानको शान्ति प्रक्रियामा थप अन्योल सिर्जना हुने र हिंसात्मक आक्रमण थप बढ्न सक्ने आशंका उत्पन्न भएको छ ।

अहिले तालिबान र अफगानिस्तानबीच कतारको दोहामा वार्ता जारी छ । गत वर्ष तालिबानसँग सम्झौतापछि आधा अमेरिकी सैनिक आफ्नो मुलुक फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?