Comments Add Comment

बेँसीशहर-चामे सडक आजदेखि ३ दिन बन्द हुने

१९ माघ, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीशहर-चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ ।

लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज मङ्गलबार बिहान १० :०० बजेदेखि बिहीबार राति १० : ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका- ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए ।

उनले भने, ‘डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयबाट प्रशासनलाई उक्त सडकमा सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाएर निर्माण कार्य अगाडि बढाउन र सहज बनाउन अनुरोध गरेसँगै निर्माण कार्यलाई मध्यनजर गर्दै उक्त समय बन्द गर्न लागेका हौं ।’

डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयका इन्जिनीयर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको १०० मिटर खण्डमा ढलान (पीसीसी) कार्य गरिने भएको छ । नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै विसं २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment