Comments Add Comment

भारतको किसान आन्दोलनमा अमेरिकाको प्रतिक्रिया : शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको परीक्षा

२२ माघ, काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले भारतमा कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका किसानहरुको विषयमा बोल्दै ‘शान्तिपूर्ण आन्दोलन लोकतन्त्रको परीक्षा’ भएको बताएको छ । अमेरिकी विदेशमन्त्रालयले भारतले ल्याएको कृषि कानुनको स्वागत गर्ने तर यस विषयलाई लिएर जारी किसान आन्दोलन भने वार्ताको माध्यमबाट सुल्झाउनुपर्ने बताएको छ । साथै अमेरिकाले भारतीय सर्वोच्च अदालतले पनि यसलाई स्वीकार गरिसकेकाले यसलाई याद राख्न सुझाव दिएको छ ।

यसअघि धेरैअन्तर्राष्ट्रिय व्यक्तित्वहरुले किसान आन्दोलनको पक्षमा बोल्दै भारत सरकारको आलोचना गरेका थिए । जसको जवाफमा भारतले यो कानुन संसद्मा पर्याप्त छलफल भएर ल्याइएको र यो भारतको आन्तरिक मामिला भएको जवाफ फर्काएको थियो ।

भारतको यो जवाफलाई लक्षित गर्दै भारतीय पूर्वमन्त्री पी चिदम्बरमले अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणमा भारतले किन प्रतिक्रिया दिएको त ? भन्ने प्रश्न गरेका छन् । उनले भारतले नेपाल र श्रीलंकाजस्ता मुलुकको आन्तरिक मामिलामा पनि टिप्पणी गर्दै आएको भन्दै भारतको आलोचना गरेका छन् । उनले मानव अधिकार र आजीविकाको मुद्दा उठाउने मानिसहरुको लागि कुनै राष्ट्रिय सीमा हुँदैन भन्ने कुरा सरकारले बुझ्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment