
२३ माघ, सप्तरी । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीबाट एकजना लेखापढी व्यवसायी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले लेखापढी व्यवसायी अरुणकुमार यादवलाई शुक्रबार पक्राउ गरेको हो । आयोगका अनुसार यादवले कञ्चनरुप नगरपालिकास्थित मालपोत कार्यालयमा सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
जग्गाको नक्सा मिलाई दिने नाममा उनले सेवाग्राहीसँग घुस लिएको बताउँदै आयोगले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4