Comments Add Comment

इरानले न्युक्लियर सम्झौता पालना नगरेसम्म प्रतिबन्ध हट्दैन : बाइडन

२६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले तत्काल इरानमाथि लगाइएको प्रतिबन्ध नहट्ने बताएका छन् । उनले सन् २०१५ मा इरानसँग भएको न्युक्लियर सम्झौता पालना नगरेसम्म इरानमाथि लगाइएको प्रतिबन्ध नहट्ने बताएका हुन् । पछिल्लो समय दुई मुलुकबीच सन् २०१५ को न्युक्लियर सम्झौतामा फर्किने विषयमा परिरहेको चर्काचर्कीको बीचमा बाइडनले यस्तो बताएका हुन् ।

एक अमेरिकी सञ्चारमाध्यमसँग दिएको अन्तर्वार्तामा उनले तत्काल इरानमाथिको प्रतिबन्ध हटाउने सम्भावना नरहेको बताएका हुन् । बाइडनले राष्ट्रपतीय निर्वाचनको प्रचारमा इरानसँगको न्युक्लियर सम्झौतामा फर्किनुपर्ने बताउँदै आएका थिए । तर, पदभार ग्रहण गरेपछि भने बाइडनले यस विषयमा कडा नीति लिँदै आएका छन् ।

यसअघि आइतबार इरानका सर्वोच्च नेता अयातोल्लाह खामिनीले पहिला अमेरिकाले न्युक्लियर सम्झौतामा फर्किँदै इरानमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका थिए । अन्यथा इरानले आफ्नो न्युक्लियर कार्यक्रम नरोक्ने बताएका थिए । इरानका विदेशमन्त्रीले पनि निरन्तर अमेरिकालाई तत्काल न्युक्लियर सम्झौतामा फर्किन आग्रह गर्दै आएका छन् ।

सन् २०१५ मा इरानसँग न्युक्लियर सम्झौता भए पनि सन् २०१८ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट बाहिरिँदै इरानमाथि प्रतिबन्धको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment