Comments Add Comment

संसद विघटनविरुद्ध सहिद तथा बेपत्ता परिवारको प्रदर्शन

२६ माघ, काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सहिद तथा बेपत्ता य‍ोद्धा परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट सुरु भएको जुलुस नयाँबानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।

सहिद तथा बेपत्ता परिवार बागमती प्रदेशको आयोजनामा आयोजित विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा बेपत्ता योद्धाको सपनामाथि बज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिद तथा बेपत्ताका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने बताए ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल, युवराज चौलागाईं, सुरेन्द्र बस्नेत, प्रमोद पौडेल लगायतले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न र बेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्न माग गरे ।

प्रदर्शनका क्रममा सहिद तथा बेपत्ता परिवारजनले प्रतिगमन मुर्दावाद, असंवैधानिक कदम खारेज गर, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर, बेपत्ता नागरिक सार्वजनिक गर जस्ता नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment