Comments Add Comment

भिजिट भिसाबारे निर्णय गर्दा मौलिक अधिकार कुण्ठित गरिँदैन : अध्यागमन विभाग

२९ माघ, काठमाडौं । अध्यागमन विभागले महिलाहरु भिजिट भिसामा जाँदा परिवारका सदस्य वा स्थानीय तहको सिफारिस आवश्यक पर्ने गरी निर्णय भइनसकेको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले आन्तरिक विभिन्न सञ्चार माध्यममा आएका यसबारेका समाचारहरु गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

‘उक्त विषय समाचारमा आएको जस्तो नभई खाडी र अफिकी मुलुक जस्ता जोखिम सम्भाब्य मुलुकमा पहिलो पटक एक्लै यात्रा गर्ने र आफनो यात्राको बारे सामान्य जानकारी समेत नभएका महिलाहरुका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानविन कार्यदलका सुझावहरुका रुपमा आएको विषय भएको र कुनै निर्णय नभएको तथा अनौपचारिक रुपमा छलफलमा रहेको विषयका बारे आम जनमानसहरु कुनै भ्रममा नपर्न अनुरोध गरिन्छ,’ विभागले भनेको छ ।

यो विषयमा हालसम्म कुनै पनि निर्णय नभएको जानकारी गराउँदै विभागले सार्वजनिक सरोकारका विषयहरुमा निर्णय गर्दा संविधान प्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आमजनताको धारणा र कार्यान्वयन सहजता समेत हेरिने बताएको छ ।

‘नागरिकका मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment