Comments Add Comment

पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’को छायांकन सकियो

चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । काठमाण्डौबाट सुरु भएको चलचित्रको छायांकन पोखरामा पुगेर सकिएको हो । पोखरामा करिब एक साता चलचित्रको छायांकन भएको थियो । ३३ दिनमा चलचित्रको छायांकन सकिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निर्माता, निर्देशक तथा गीतकार रमेश एम के पौडेलले पत्रकार सम्मेलनमा भने–‘सुन्दर नगरी पोखराबाट छायांकन सकिएको घोषणा गर्न पाउँदा हामी दंग छौ । मिडिया र दर्शकको साथ सधै पाइराख्ने अपेक्षा राखेका छौं ।’

पत्रकार सम्मेलनमा बोल्दै नायक पुष्प खड्काले चलचित्र राम्रो बनेको बताए । उनले सबै बर्ग, तप्का र तहका दर्शकको रुचीलाई ध्यानमा राखेर यो चलचित्र बनाइएको बताए । यस्तै, कलाकार सन्दिप क्षेत्रीले यो चलचित्रले आफ्नो कलाकारितामा नयाँ फड्को मार्ने बताए ।

कार्यक्रममा चलचित्रका लेखक तथा कार्यकारी निर्माता सविर श्रेष्ठ, छायांकार शिव ढकाल, नृत्य निर्देशक रामजी लामिछानेको पनि उपस्थिती थियो । यो चलचित्रमा करिब २ करोड लगानी भएको निर्माणपक्षले बताएको छ । चलचित्रको प्रदर्शन नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायतमा गरिने बताइएको छ ।

बोधी एच डी र आर्यन फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आरएल शाह, सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment