Comments Add Comment

नेपाल धेरै चिनियाँ लगानी भएको मुलुक : नरवणे

१ फागुन, काठमाडौं । भारतिय सेना प्रमुख एमएम नरवणेले नेपाललाई चीनको धेरै लगानी भएको मुलुक भनेर टिप्पणी गरेका छन् ।

‘उत्तर-पूर्वी क्षेत्रमा विकास हुँदै गरेको सुरक्षा चुनौती र आगामकी बाटो’ शीर्षकमा आयोजना गरिएको एक सेमिनारलाई सम्बोधन गदै भारतीय सेना प्रमुखले नेपाल लगायत भारतका छिमेकी मुलुकहरुमा चीनको बढ्दो पदचाप र भारतसँग विवादित सीमा क्षेत्रमा चीनले एकतर्फी रुपमा यथास्थितिलाई बदल्न खोजेको प्रयासले द्वन्द्व र अविश्वासको वातावरण सिर्जना गरेको बताएका छन् ।

‘नेपाल हाम्रो परम्परागत दीर्धकालीन साझेदार हो, जहाँ पछिल्लो समयमा चीनको ठूलो लगानी देखिएको छ र नेपाल यतिवेला राजनीतिक अस्थिरताबाट गुजि्ररहेको छ’ उनले भनेका छन्, ‘भुटान आफ्नो एप्रोजमा केही सावधान भएको छ । हाम्रो बंगलादेशसँगको सम्बन्ध केही माथि पुगेको छ ।’

भारतका छिमेकी मुलुकहरुमा देखिएको आयामले भारतको उत्तर-पश्चित क्षेत्रको सुरक्षा वातावरणलाई प्रत्यक्ष असर गर्ने समेत बताएका छन् । इन्डोप्यासेफिकमा चीन आक्रमक ढंगले आएको र कमजोर मुलुकप्रति अझ असहिष्णु बनेको उनको दाबी छ ।

बेल्ट एण्ड रोड इनिसियटिभमार्फत चीनले क्षेत्रीय निर्भरता बढाउँदै लगेको समेत उनले बताएका छन् । भारतीय सेना प्रमुखले अमेरिका र चीनबीच बढ्दो द्वन्द्वले क्षेत्रीय असन्तुलन र अस्थीरता बढाउँदै लगेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment