
१ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताएका छन् । सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुने उनले बताए ,
शनिबार आफ्नो नयाँ पुस्तक ‘गुमनाम आमाहरू’ को लोकार्पण कार्यक्रममा भट्टराईले आयोग बनेपछि कतिपय मानिसहरुले हेग जानुपर्छ भन्ने थालेको सुनाए । उनले अघि भने, किन हेग जाने हामी ? यो महान क्रान्ति थियो, क्रान्ति गरे पावत कोही हेग गएको छ ?’
शान्ति सम्झौता र संविधानको अभिन्न अंग भएको भन्दै यसले खेलवाडको विषय बनाउन नहुने बताए ।
आफूहरुले माओवादी आन्दोलन नभई तत्कालीन माओवादी पार्टीमात्र छाडेको भन्दै उनले जनयुद्ध, मधेस आन्दोलन लगायतबारे साझा बुझाइ हुनुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4