Comments Add Comment

ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव सिनेटमा असफल

२ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ ।

अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो । सो प्रस्तावमा शनिबार भोटिङ भएको थियो । महाअभियोग प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत नपुगेपछि ट्रम्पलाई राहत मिलेको छ ।

५७ सिनेटरले महाअभियोगको पक्षमा र ४३ सिनेटरले महाअभियोगको विपक्षमा मतदान गरेका थिए । दुई तिहाइका लागि ६७ मत आवश्यक पर्दथ्यो ।

संसदले जो बाइडनलाई नयाँ राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने दिन ट्रम्पका सयौं समर्थकहरुले संसद भवनभित्र प्रवेश गरी तोडफोड गरेका थिए । सो हिंसामा एक सुरक्षाकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।

चुनावी नतिजाबाट असन्तुष्ट ट्रम्पको उक्साहटमा हिंसा भड्काइएको आरोप उनका विरोधहरुले लगाउँदै आएका छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्पलाई हराउँदै बाइडन विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment