+
+
Shares

प्रचण्डलाई ओलीको जवाफ : जनसभा हेर्न बुटवल आउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते १६:०८

१ फागुन, बुटवल । नेकपाको प्रचण्ड-माधव र ओली समूहबीच कसको आसमभा ठूलो भन्ने जुहारी कायमै राखेका छन् । शनिबार बुटवलमा आयोजित सभामा प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् ।

देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उननेे भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’

२८ माघमा काठमाडौंमा भएको जनसभामा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसमभा कस्तो हुन्छ देख्नुभयो भनेर प्रश्न गरेका थिए ।

उसो त कसको ठूलो आससभा भन्ने जुहारी प्रधानमन्त्री ओलीले सुरु गरेका थिए । संसद विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले ९ माघमा आमसभा गरेकै दिन ओलीले आमसभा कस्तो हुन्छ २३ गते देखाउने बताएका थिए ।

त्यही घोषणा अनुसार ओली समूहले २३ माघमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?