+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

फेब्रुअरीभित्रै अमेरिकाले डब्ल्यूएचओलाई २० करोड डलर दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १२:१५

६ फागुन, काठमाडौं । अमेरिकाले फेब्रुअरी महिनाभित्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई २० करोड डलरभन्दा बढी रकम दिने भएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गर्दै डब्ल्यूएचओलाई बुझाउँदै आएको शुल्क रोक्ने निर्णय गरेको थियो । बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले डब्ल्यूएचओलाई उक्त रकम बुझाउने निर्णय भएको बताएका हुन् । यसले विश्व स्वास्थ्यबारे अमेरिका प्रतिबद्ध रहेको विश्वास बढाउन पनि सहयोग पुग्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को भर्चुअल बैठकमा ब्लिन्केनले भने, ‘डब्ल्यूएचओको सदस्य राष्ट्रको वित्तीय दायित्व पूरा गर्ने मामिलामा यो निकै महत्वपूर्ण कदम हो ।’

ब्लिन्केनले अन्य मुलुकहरुलाई पनि खोपको विषयमा फैलिरहेको गलत सूचनाविरुद्ध लड्न पनि आग्रह गरेका छन् । साथै कोरोनाको उत्पत्तिको विषयमा आवश्यक सूचनाहरु साटासाट गर्न पनि आग्रह गरेका छन् । उनले यो महामारीको उत्पत्तिको विषयमा राम्रो जानकारी हुँदा भविष्यमा आउन सक्ने महामारीबाट बच्ने तयारीका लागि महत्वपूर्ण हुने बताए ।

अमेरिकाको राष्ट्रपति भएपछि जो बाइडनले पूर्वराष्ट्रपति ट्रम्पको निर्णय उल्ट्याउँदै डब्ल्यूएचओमा सामेल हुने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?