Comments Add Comment

कोभ्याक्स कार्यक्रमलाई बेवास्ता नगर्न सम्पन्न मुलुकलाई डब्ल्यूएचओको आग्रह

११ फागुन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले धनी मुलुकलाई कोभ्याक्स कार्यक्रमलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । कोभ्याक्स कार्यक्रम विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्‍याउने उद्देश्यका साथ ल्याइएको हो । डब्ल्यूएचओका प्रमुख गेब्रेयेससले धनी मुलुकहरुलाई अतिरिक्त कोरोना खोप खरिद गर्नुभन्दा पहिला कोभ्याक्स कार्यक्रमलाई यसले असर पार्छ कि भन्ने विषयमा सोच्न आग्रह गरे ।

धनी मुलुकहरुले अहिले अर्बौं डोजको कोरोना खोप खरिद गरिसकेका छन् । केही मुलुकहरुले आफ्ना सबै नागरिकलाई पुग्ने कोरोना खोप जम्मा गरिसकेका छन् भने केही मुलुकले नागरिकलाई चाहिने भन्दा पनि धेरै कोरोना खोप खरिद गरेका छन् । कोभ्याक्स कार्यक्रमअन्तर्गत विश्वका सबै कम आय भएका मुलुकमा खोप पुर्‍याउने लक्ष्य छ । तर, अझै यो कार्यक्रमअन्तर्गतको खोप वितरणको काम भने सुरु भएको छैन । यो खोपको लागि अहिले ईयू तथा जी७ का मुलुकले पनि वित्तीय सहयोगको घोषणा गरेका छन् । तर, जानकारहरुले भने कोभ्याक्स कार्यक्रमको लागि पर्याप्त सहयोग जुटे पनि यो खोपको अभावको कारण खोप नपाउन पनि सक्ने आशंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment