Comments Add Comment

रुपन्देही सुपर लिगमा एमसीसी क्रिकेट क्लब विजयी

११ फागुन, बुटवल । भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सुरु भएको डिभिजन ‘ए’को खेलमा एमसीसी क्लबले विजयी सुरुवात गरेको छ । एमसीसीले सैनामैना क्रिकेट क्लबलाई १०८ रनको भारी अन्तरले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको एमसीसीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १९२ रनको योगफल बनायो । उसका लागि प्रियांसु श्रेष्ठले ५६, विशाल मौर्यले ४१, मोहम्मद हुसेनले २०, सुशान्त थापाले १८ र रोशनलाल गुप्ताले १३ रन बनाए । बलिङमा सैनामैनाका सुनिल पौडेलले ३, विशाल भुसालले २ तथा उदय पन्त, कृष्ण गिरी र बसन्त खड्काले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको सैनामैना २७.५ ओभरमा अलआउट हुँदै जम्मा ८४ रन मात्रै जोड्न सक्यो । उसका लागि मनिष क्षेत्रीले २५ र सुनिल पौडेलले नटआउट १६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा एमसीसीका सन्तोष यादवले ४ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै मोहम्मद हुसेन र रमेश कुर्मीले २/२ तथा रोशनलाल गुप्ता र विशाल मौर्यले समान १/१ विकेट लिए ।

बुधबार डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल राइनोजबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment