Comments Add Comment

‘बुकाहोलिक्स’को स्रष्टा भेला

पठन संस्कृतिको विकासमा निरन्तर सक्रिय संस्था ‘बुकाहोलिक्स’ले सोमबार दिउँसो स्रष्टा भेला गरेको छ । लकडाउनको अवधिमा संस्थाले एकसय जना साहित्यकारसँग भर्चुअल–संवाद गरेको थियो । तिनै साहित्यकार लकडाउनपछि पहिलो पटक एकैठाउँमा भेला भएका हुन् ।

धुम्बाराहीमा भएको कार्यक्रममा ‘बुकाहोलिक्स कविता प्रतियोगिता २०७७’ का विजेता कविहरूलाई पुरस्कार पनि दिइयो । प्रतियोगितामा तृतीय भएका सागर केसी, द्वितीय भएकी स्मृति रानाभाट तथा प्रथम भएका कुमार शर्मालाई पुरस्कार दिइयो ।

स्रष्टा भेटघाटमा जीवा लामिछाने, दिनेश अधिकारी, विप्लव प्रतीक, ईश्वर कँडेल, भीष्म उप्रेती, केशव सिग्देल, नवराज पराजुली, माया ठकुरी, कृष्ण धराबासी, हरिमाया भेटवाल, प्रगति राईलगायत चार दर्जन साहित्यकारको उपस्थिति थियो ।

चितवनका साहित्यकार एलबी क्षेत्रीले उद्घाटन गरेको कार्यक्रममा लेखक कृष्ण धराबासीले आइतबार निधन भएका डा. शंकरप्रसाद उप्रेतीमाथि आफ्नो स्मृति–मन्तव्य राखेका थिए । धराबासीले डा. उप्रेतीले झापा र आसपासका जिल्लामा पुर्‍याएको समाजिक योगदान र राष्ट्रिय योगदानको चर्चा गरे ।

लकडाउनले गर्दा अन्तरंग हुन नपाएका साहित्यकारलाई एकैठाउँ जमघट गर्न कार्यक्रम गरिएको गरिएको बुकाहोलिक्सकी सगुना शाहले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment