+
+

पार्टी एकताका लागि ओली र प्रचण्डलाई चारैतिरबाट घेराबन्दी गर्नुपर्छ : बामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २० गते १३:४०

२० फागुन, काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड-माधव पक्ष र ओली पक्षका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकता अभियान अगाडि बढाउने बताएका छन् ।

बिहीबार कोरोना भाइरसविरुद्धको खोप लगाउन नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने दाबी गरे ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अझैपनि एकताको पक्षको नआएको उनले बताए । ‘धेरै ठाउँमा उहाँहरुले बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भएको छैन । मेरो प्रयत्न के छ भने केपी ओलीतिर र प्रचण्डतिर रहेका दोस्रो तहका कमरेडहरुलाई एकताबद्ध गर्ने र तलबाट एकताको पक्षमा एउटा ठूलो पंक्ति तयार गर्ने हुनेछ,’ उनले भने, ‘एकताको पक्षमा जुन नेता हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौं, चारैतिरबाट यी दुईजना नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’

गौतमले ओली र प्रचण्डलाई एकताबद्ध गरे मात्रै नेकपा एक हुने र त्यसका लागि दुवै नेताका वरिपरि रहेकाहरुलाई साथमा लिनुपर्ने बताए । नेकपाको कुनै पनि समूहमा नलागी आफू एकता अभियानमा लाग्ने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?