५ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वामदेव गौतमले अब जसरी पनि नेपालका कम्युनिस्ट एक बनाउने दाबी गरेका छन् । शुक्रबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन् ।
‘जे गर्दा सबैलाई मिलाउन सकिन्छ, त्यही गर्ने हो, गरिन्छ । र, पार्टी एउटा बनाइन्छ,’ गौतमले भने ।
आगामी निर्वाचन कम्युनिस्ट पार्टीले नै जित्ने पनि उनले दाबी गरे । ‘अबको निर्वाचन कम्युनिस्ट पार्टी नेतृत्वको निर्वाचन हुन्छ,’ उनले भने, ‘अब हामी समाजवाद निर्माण गरेर देखाउँछौं र आगामी १० वर्षभित्रमा हाम्रो देशलाई विकसित देशको दाँजोमा पुर्याउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4