Comments Add Comment

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक

२४ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले  मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको नेता उमाशंकर अरगरियाले जानकारी दिए ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म संयुक्त बैठक बसेको छैन । पार्टी एकतापछि पहिलोपटक संसदीय दलको बैठक बस्ने तय भएको अरगरियाले जानकारी दिए ।

जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्नुअघि सोमबार पूर्व समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने नेता अरगरियाले बताए ।

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई मान्यता नदिई साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै ब्युँताइदिएको अवस्थामा संसदमा सरकार निर्माणका लागि नयाँ समीकरण बन्ने अवस्था छ ।

जसपाको संसदीय बैठकमा यो विषय र संसदमा निर्वाह गर्ने भूमिकाको विषयमा पनि छलफल हुने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment