
२३ फागुन, काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको छ ।
संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि पुनर्स्थापित भएको संसदको पहिलो बैठकमै यो अध्यादेश टेबल गर्ने कार्यसूची थियो । सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अध्यादेशको विरोध गर्दै संसद बहिस्कार गरेको छ ।
विपक्षी कांग्रेसले भने अध्यादेश फिर्ता लिन माग गर्यो । विशेष समय लिएर बोल्दै प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालले संविधान प्रतिकुल हुने गरी अध्यादेश ल्याइएको भन्दै फिर्ता लिन माग गरेका थिए ।
तर सभामुख अग्नि सापकोटाले कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न दिएपछि कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।
कांग्रेस सांसदहरुको नाराबाजीपछि संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
प्रतिक्रिया 4