+
+
Shares

कर्णालीका हिमाली भेगमा हिउँ परेपछि खोप कार्यक्रम प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १७:०५
फाइल तस्वीर

२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ ।

आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो ।

हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु र माथिल्लो डोल्पामा खोप लगाउने कार्यक्रम अवरूद्ध भएको निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिए ।

‘प्रदेशका हिमाली जिल्लाका माथिल्लो भेगमा हिमपात हुँदा सोमबार खोप कार्यक्रम हुन सकेकोे छैन्, हिमपात कम भए बुधबारदेखि सुरु गछौं,’ चौधरीले भने ।

चौधरीका अनुसार आइतबार मात्रै कर्णाली प्रदेशका १४ हजार ५६ जनाले खोप लगाएका छन् । ८ स्थानीय तहबाट भने अझै रिर्पोट आउन नसकेको उनले बताए ।

कर्णालीका १० जिल्लामा २८८ खोप केन्द्र तोकेर कोरोनाविरूद्धको खोप लगाउने काम भइरहेको निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?