+
+
Shares

‘भ्वाइस अफ नेपाल’ सिजन ८ को जजमा नरेन र एकदेव पनि जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को जजमा नरेन लिम्बु र एकदेव लिम्बु जोडिएका छन् ।
  • शोको ब्लाइन्ड अडिसनको छायांकन चलिरहेको छ, र प्रमोद खरेल तथा मिलन नेवारले पनि निरन्तरता पाएका छन् ।
  • आठौं सिजन असोज दोस्रो सातादेखि प्रसारणको तयारीमा छ, भने हिमालय टिभीमा ‘शार्क ट्यांक’, ‘हिमालय रोडिज’ र ‘नेक्स्ट टप मोडल’ पनि तयारीमा छन् ।

काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को जजमा पपस्टारद्वय नरेन लिम्बु र एकदेव लिम्बु जोडिएका छन् । शोले प्रोमो सार्वजनिक गर्दै यी दुई जज सार्वजनिक गरेको हो ।

अहिले छायांकन चलिरहेको ब्लाइन्ड अडिसनमा यी दुई संगीतकर्मी जोडिएका छन् । नरेन अघिल्लो पुस्ताका चर्चित पपगायक हुन् भने एकदेव पछिल्लो छिमलमा निकै रुचाइएका छन् ।

शोले युट्युबमा सार्वजनिक गरेको प्रोमोमा यी दुईजना जजलाई फिचर्ड गरिएको छ । यसबाहेक, आठौं सिजनमा प्रमोद खरेल र मिलन नेवारले निरन्तरता पाएका छन् ।

आठौं सिजन असोज दोस्रो सातादेखि प्रसारणको तयारी छ । यसबाहेक, हिमालय टिभीमा अन्य रियालिटी शो पनि आउने तयारीमा छन् ।

‘शार्क ट्यांक’ को छायांकन मंगलबारदेखि सुरु हुँदैछ भने ‘हिमालय रोडिज’ को अहिले अडिसन राउन्डको छायांकन चलिरहेको छ । ‘नेक्स्ट टप मोडल’ को तयारी पनि भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?