+
+
Shares

सरकारको कार्ययोजनाले बढायो सेयर बजार, पहिलो घण्टामा ३५ अंक बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको पूँजी बजार सुधार कार्ययोजनापछि बुधबार कारोबारको पहिलो एक घण्टामा नेप्से ३५ अंकले बढेर २६२० मा पुगेको छ।
  • पहिलो एक घण्टामै सेयर बजारमा ३ अर्ब ४४ करोडको कारोबार भएको छ, जबकि अघिल्लो दिन पूर्ण चार घण्टामा ४ अर्ब ६८ करोडको कारोबार भएको थियो।
  • पहिलो एक घण्टामा सबै समूहगत सूचक बढेका छन् र २५५ कम्पनीको मूल्य उकालो लागेको छ भने १५ को घटेको छ।

३० भदौ, काठमाडौं । सरकारले ल्याएको पूँजी बजार सुधार कार्ययोजनाले बुधबार सेयर बजारमा सकारात्मक प्रभाव देखाएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामा बजार परिसूचक नेप्से ३५ अंक (१.३९ प्रतिशत) बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६२० मा कायम भएको छ । कारोबार खुलेको एक मिनेटमै नेप्से २६७९ अंकसम्म पुगेकोमा त्यसपछि केही सम्हालिएको छ ।

कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । एक घण्टामै ३ अर्ब ४४ करोडको कारोबार भएको छ । जबकि अघिल्लो दिन पूर्ण चार घण्टामा ४ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

पहिलो एक घण्टामा सबै समूहगत सूचक बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार १ प्रतिशतभन्दा धेरै बढेका छन् ।

पहिलो एक घण्टामा २५५ कम्पनीको मूल्य बढ्दा १५ को घटेको छ भने ६ को स्थिर रह्यो । यतिबेलासम्म जोशी हाइड्रोपावरको ६, उन्नति सहकार्य लघुवित्तको ४, सिन्धु विकास बैंकको ४ प्रतिशत मूल्य बढेको छ ।

त्यस्तै अपी पावर, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, लिबर्टी इनर्जी तथा लक्ष्मी सनराइज बैंक कारोबारका अगाडि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?