News Summary
Generated by OK AI. Editorially reviewed.- अघिल्ला ६ कारोबार दिन घटेको सेयर बजार मंगलबार ९.२४ अंक बढेर नेप्से २५२२ अंकमा पुगेको छ ।
- मंगलबार २ अर्ब ८९ करोडको कारोबार भएको छ, जबकि अघिल्लो दिन ३ अर्ब ६४ करोडको भएको थियो ।
- जलविद्युत् समूह १.०१ प्रतिशत बढेको छ, जबकि उत्पादन तथा प्रशोधन समूह १.०० प्रतिशत घटेको छ ।
१६ भदौ, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.२४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५२२ अंकमा कायम भएको छ ।
कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६४ करोडको कारोबार भएकोमा आज २ अर्ब ८९ करोडको भयो । १८२ कम्पनीको मूल्य बढ्दा ८४ को घट्यो भने ११ को स्थिर रह्यो।
गत बुधबार गएको भीषण बाढीपछि बजारमा अघिल्लो दिनसम्म दबाब परेका समूह पनि आज सकारात्मक भए । जलविद्युत् समूह आज सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो ।
उत्पादन तथा प्रशोधन १.०० प्रतिशत घट्यो । उत्पादन तथा प्रशोधनबाहेकका सबै समूहगत सूचक बढेका छन् । बैंकिङ ०.१८, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल तथा पर्यन ०.६६, लगानी ०.६१, जीवन बीमा ०.८९, माइक्रोफाइनान्स ०.०५, निर्जीवन बीमा ०.८७, अन्य ०.५४ तथा व्यापार ०.१० प्रतिशत बढे ।
माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ४.८५, सान्जेन जलविद्युतको ३.८१, मेन्छियाम हाइड्रोपावरको ३.६९, मान्डु हाइड्रोपावरकामे ३.६१ प्रतिशत मूल्य बढ्यो ।
उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.४८ प्रतिशत घट्यो । घोराही सिमेन्टको ५.५३, सीवाईसी लघुवित्तको ५.३९, भगवती हाइड्रोपावरको ५.२७ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत्, रिडी पावर, सानिमा मिडिल तमोर तथा चिलिमे हाइड्रोपावर क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4